काठमाडौं,असार १७ । विदेश जाने युवाबाट असुली भएकोबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाछानबिन भइरहँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या नै घट्न थालेको छ ।
अनुसन्धान चलिरहेका बेला समेत केही युवा विदेशिएको विवरण आएपछि थप कडाइ गरिएको थियो । यसपछि भिजिट भिसामा जानेकै संख्या घटेको पाइएको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले विमानस्थलबाट भिजिट भिसामा विदेश जानेको संख्या उल्लेख्य रुपमा घटेको बताएका छन् । । रिजालका अनुसार पहिले एक दिनमै ९ देखि १० हजारसम्म जाने गरेकोमा अहिले ६ हजार, ६ हजार ७ सयर८ सय, कहिले ७ हजार जाने गरेको तथ्यांक छ ।’
पछिल्लो समय विमानस्थलमा पूर्ण कागजात नभएकाहरुलाई समेत कडाइ गरिएको र त्यसका कारण संख्या घटेको हुनसक्ने उनको भनाइ छ । अहिले दुबई लगायत मुलुकमा जाने हवाई भाडा समेत घटेको छ । विगतमा विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव तीर्थराज भट्टराई रहेका बेला चार महिनामा २१२ जना भारतीय नागरिकलाई विना एनओसी ९नो अब्जेक्सन लेटर० विदेश पठाएको खुलेको थियो ।
यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखायो भने भारतीयलाई काठमाडौं हुँदै तेस्रो मुलुक पठाउन कडाइ गरिएको छ । भारतीय नागरिकलाई विना एनओसी विदेश पठाएको विषयमा अख्तियारको छानबिन अझै जारी छ ।
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका आरोपी जागेश्वर शाह कालोसूचीका बाबुजद विमानस्थलबाट उम्किएको भेटिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, जागेश्वर र उनका छोरा आशिफ शाहलाई अध्यागमनको कालोसूचीमा राखिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासले पत्राचार गरेको थियो ।