समाचार

ओली र देउवाको ठगबन्धनबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ–प्रभु साह

ओली र देउवाको ठगबन्धनबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ–प्रभु साह

 काठमाडौं,साउन १२ ।आम जनता पार्टी ९आजपा० अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा ९एमाले०को नेतृत्वमा रहेकाहरुबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको टिप्पणी गरेका छन् । । आजपा निकटको आम उधोग बाणिज्य संघको काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्तास्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताएका हुन् । 

‘एमाले र कांग्रेस बनाउँनेहरु आज कहाँ छन् रु दुबै पार्टी निर्माण गर्नेहरु आजको दिनमा भागेर हिडनुपरेको छ । तर विगतमा राजासंग घाटी जोडने, प्रतिगामी शक्तिहरु त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतीको सरकार भन्दै बाहिर हिडिरहेका छन् । तर वास्तविकता त्यो होईन्, यो विगतमा बदनाम भईसकेका पात्रको ठगबन्धन हो ।’ विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको ईतिहास हाम्रो आगाडी रहेको बताउँदै उनले यिनीहरुकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए ।

 ‘विगतको निर्वाचनमा जनतासंग मत माग्ने बेलामा जे प्रतिबद्धता व्यक्त गरिएको थियो । जुन कुरा जनताका बीचमा यिनीहरुले प्रतिबद्धता गरेर आए त्यो अनुसार काम नगरेकै कारण राजनीतिक स्थिरता हुन सकेन्’ साहले भने, ‘मत माग्ने बेलामा एउटा प्रतिबद्धता गरे, तर काम गर्ने बेलामा अर्कै काम गरिरहेका छन् । के कांग्रेसले मत माग्दा म एमालेको नेतृत्वमा सरकार बनाउनु भन्या थियो रु के एमालेले मत माग्ने बेलामा कांग्रेसको नेतृत्वमा सरकार बनाउछु भन्या थियो रु तर आज हेर्नुस त संघ देखी प्रदेशसम्म यिनी आफ्नो प्रतिबद्धता बिरुद्ध नै काम गरिरहेका छन् । अब जनताले हिसाब माग्ने बेला आएको छ ।’ विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरु पीडित रहेको बताएका छन् । 

कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासंग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरु नै नेतृत्वमा रहेकाले दुबै पार्टीभित्र नेताहरु पीडित बनेको उनको भनाइ छ । । प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनु पर्यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । नेपालको उधोगधन्दा धवस्त बनाउँने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि सबै भ्रष्टहरुलाई जनकारवाही हुन आवश्यक रहेको बताए ।

 ‘सरकारको मनपरी कर हटाउन र बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन’ संघर्ष गर्ने संकल्प सहित भएको सो राष्ट्रिय भेलामा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन। रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. संजिवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जर्नौ व्यक्ति आजपामा प्रवेश गरेका छन् । 

सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग बाणिज्य संघको केन्द्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा संजीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहलेबताएका छन् । यसैगरी सदस्यहरुमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।

Related Tag :

Related Post