समाचार

बाढी-पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

बाढी-पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

 काभ्रे,असोज १४ ।  अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण पनौती जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहमा क्षति पुगेको छ । पहिरोले मुहानसम्‍मे क्षति गर्दा आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

उक्त आयोजनाको लागि प्रयोग भएको पानीको मुहान रोशी खोलास्थित पनौती नगरपालिका वडा नं ८ मल्पीमा रहेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको ड्याम क्षेत्र रोशी खोलाले धार बदलेको छ। जसका कारण पुनः खोलालाई पुरानै धारमा ल्याउनका लागि समय लाग्ने देखिएको छ ।

त्यसैगरी आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवैतर्फबाट पहिरो आएको छ । पहिरो तथा विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवनभित्रै पहिरो तथा पानी पसेको छ। पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको छ ।

दुईतर्फको पहिरोले भवनमा असर पुर्‍याएको छ । पहिरोका कारण विद्युत उत्पादन गृहको भित्र तथा बाहिर रहेका उपकरणहरुमा क्षति पुगेको छ । पनौती जलविद्युतत केन्द्रका प्रमुख सविना उप्रेतीले जानकारी दिइन्। उनका अनुसार केन्द्रको ड्याममा खोलाले धार नै परिवर्तन गरेको, प्यानल बोर्ड, सर्किट ब्रेकर, टर्वाइन पानी र हिलोले छोपिएको छ ।

पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा निर्मित यस आयोजना २।४ मेगावाट क्षमताको रहेको छ ।

 

 

Related Tag :

Related Post