समाचार

भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाका घरमा क्षति

भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाका  घरमा क्षति

काठमाडौं,पुस २३ । चीनको तिब्बतमा गएको भूकम्पका कारण पूर्वी नेपालका पहाडी जिल्लाका केही घरमा क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भूकम्पका कारण पहाडी जिल्लाका केही घरमा क्षति पुगेको हो ।

बिहान ६ः५० बजे गएको भूकम्पमा परी चीनको तिब्बतमा ५३ जनाको मृत्यु भइसकेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घरमा क्षति पुगेको छ ।

यस्तै ओखलुढंगाको चिसांखुुगढी ५ का इन्द्रबहादुर परियारको घरमा पूर्ण क्षति भएको छ । सिद्धिचरण नगरपालिका– २ का हिमाल कार्की र खानीगाउँका चन्द्रबहादुर पुलामीको घरमा आसिंक क्षति घरमा क्षति पुगेको छ ।

 

 

Related Tag :

Related Post