काठमाडौं,साउन ५ । मनसुनसक्रिय भएयता अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म १२८ जनाको मृत्यु भएको हो । यसैगरी १४३ जना घाइते भएका छन् ।
बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेशमा ५, बागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिममा ९ जनाको ज्यान गएको छ ।१८२ घर डुबानमा परेको तथा २२८ वटा घर, ८३ गोठ, ४३ पुल, एक विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।